देश अर्कैले कब्जा गरिसक्यो
सहरमा हावा चल्दैन, गोलि बारुद चल्दैछन्
काखमा दुधे बालक बोकेर
आमाहरु रुवाबासी गर्दैछन्
देवताहरुको मृत्युमा !
क्रुर राजनीतिको असभ्य खेल,
टुट्छन यहाँ सम्वेदना,
पाठशाला जाने कलकलाउँदो उमेरमा
बन्दुक चलाउन बाध्यछन्-बालबालिका
कस्तो हो यो विडम्बना !
बादल माथिबाट तुसारो बर्साउँदैछन्
लडाकुका जहाजहरु,
गोला, वारुद, आणविकले
ध्वस्त पार्दैछन् संरचना र पहाडहरु ।
भाँचिदैछन् सिमानाका रक्षक सहित स्तम्भहरु
रगत सँगै लिपोतिएका छन् लाखौं निर्दोषिका सपनाहरु ।।
✍️ - Sudarshan Prithak
No comments:
Post a Comment