Wednesday, August 2, 2023

ओढारको चेपमा - प्रश्नवाचक

ओढारको चेपमा उम्रीएको टुसा
जन्मिएको कोखमा
थोरै माटो भएर के भो ?
मेरा यी कलिला जराले
मलिला माटोको सागरमा
डुबुल्की मार्ने सपना नदेख्लान् र !

अनकन्टारमा भएर के भो ?
आकाशबाट तप-तप चुहिएका
बादलुको महरस पिउँदै, नझाङ्गिएको
मेरो शिरले सुर्यको स्पर्श खोज्न नलम्किएला र !

यो प्रश्न उसैलाई जसले मेरि आमालाई
यो अनकन्टार ओढारमा बिचल्लीत बनाइदियो
यो प्रश्न उसैलाई
जो मेरो अस्तित्व चाहँदैनथ्यो ।

म ओढारको अँध्यारो चेपमा उम्रीएको टुसा
के, मैले विशाल भिरलाइ उर्लिएको छहरेसँगै बग्नबाट बचाउन नसकुँला र !
के मैले बहुलाएको बर्खामा
तिम्रो घर बग्न बाट रोक्न नसकुँला र !
म ओढारको चेपमा उम्रीएको टुसा ।।



                                                ✍️ - Sudarshan Prithak

No comments:

Post a Comment

सितन बिनाको पेग जस्तो

 कस्तो ! कस्तो ! मधुरो फिक्का ! फिक्का ! सितन बिनाको पेग जस्तो तारा हराएको-मध्य रात जस्तो, जिन्दगी त हिउँदैमा रमाउनु पर्ने रैछ बर्खामा त पहि...